वाइडबडीमा डेढ अर्ब भ्रष्टाचार, पूर्व मन्त्रीसहित ३२ जना विरुद्द मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 03:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सका २ वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

अख्तियारले वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

अख्तियारले शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई प्रतिवादी बनाएको छ ।

पूर्वमन्त्री शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता हुन् । 

पूर्व महाप्रबन्धक कंसाकार भने हाल कुनै पनि सार्वजनिक जिम्मेवारीमा छैनन् ।

प्रतिवादी बनाइएका शिशिर ढुंगाना पूर्व अर्थसचिव हुन् । बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन् । टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी नेपाल वायुसेवा निगमका तत्कालिन सञ्चालक समिति सदस्य हुन् ।

पहाडी निगमको इन्जिनियरिङ निर्देशक थिए । सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला सरकारका तर्फबाट निगम सञ्चालक समितिमा सदस्य थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved