नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष गुप्ता संघबाट निष्कासित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 08:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता संघबाट निष्कासित भएका छन् । आज एक विज्ञप्ति जारी गर्दे संघले गुप्तालाई सामान्य सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको हो ।

गुप्ताले श्रृंखलाबद्ध रुपमा संघको प्रतिष्ठामा आच पुर्याउने हर्कत गरेको संघको आरोप छ । उनले संघका संस्थापक तथा नेपाल सुनचांदी रत्न तथा आभुषण महासंघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष तथा आभुषण संघकी निवर्तमान अध्यक्षलगाएत संघमा आबद्ध अन्य व्यक्तिहरुको चरीत्रहत्या गर्ने बदनियत राखी विभिन्न सञ्चार माध्यम, अनलाईन पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा अनर्गल हर्कत गरी श्रृंखलाबद्ध रुपमा समाचारहरु संप्रेशन गरेको संघले बताएको छ । गुप्ताले बिना प्रमाण भ्रामक, कपोकल्पित र आधारहिन तर्कहरु सम्प्रेसन गरेको जनाउदै संघले घोर भत्सर्ना गरेको छ ।

"निजलाई आफ्‌नो कुराहरु स्पष्ट गरी राख्नको लागि स्पष्टीकरण पेश गर्न पत्राचार समेत गरीएकोमा निजले यस संघको सचिवालयमा बुझाएको लिखित स्पष्टीकरणमा बसेको दसौं कार्यसमितिको बैठकमा प्रस्तुत भई यस उपर अध्ययन र छलफल हुँदा उक्त लिखित स्पष्टीकरण सोधिएका विषयवस्तुमा केन्द्रित नरही अत्यन्तै सतहि र हचुवा किसिमको भएकोले निजको लिखित स्पष्टीकरण सन्तोषजनक नभएको कार्यसमितिले ठहर गरेको हुँदा निज उपर विधान बमोजिम कारवाही गर्ने पर्ने बाध्यात्मक परीस्थितिको श्रृजना भएको छ," विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, संघले यसपश्चात गुप्ताले प्रतिनिधित्व गर्दै आएको श्री रिद्दि सिद्दि ज्वेलर्स प्रा.लि, श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्स ज्वेलर्स प्रा.लि विशालबजार र चुच्चेपाटीले गरेको कारोबार प्रति आफू जवाफदेही नरहने समेत जानकारी गराएको छ । 

 यस अघि : सुनको कोटा दुरुपयोगबारे आन्तरिक छानबिनको माग, गुप्ता भन्छन्, ‘संघले होइन, राज्यले गर्नुपर्छ’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved