होक्काइडो नेपाल बिजनेस ग्रुपको छैठौ शाखा र्याडिसन होटेल परिरसमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2024 | 10:30:48 AM मा प्रकाशित

laxmi  sunrise bank

होक्काइडो नेपाल बिजनेस ग्रुपले आफ्नो छैठौ शाखा (इजाकाया होक्काइडो) काठमाडौंको लाजिम्पाट स्थित ¥याडिसन होटेल परिसरमा सञ्चालन गरेको छ । यस ग्रुपले सञ्चालनमा ल्याएको इजाकाया होक्काइडो जापनिज फुड कल्चरको प्रवर्धनमा काम गरिरहेको रेस्टुरेन्ट हो । 

यस इजाकाया होक्काइडोले मांसाहारी र शाकाहारी गरि ५० भन्दा बढि परिकार पस्कदै आएको ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले बताए । उनका अनुसार जापानको फुड कल्चरलाई नेपाली परिवेशमा ढाल्दै आउको इजाकायले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वच्छ र ताजा खाना उपलब्ध गराउछँ । सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहनको नीति लिएको यो रेस्टुरेन्टले दक्ष जनशक्तिको साथ सेवा प्रवाह उनले बताए । 

यस रेस्टुरेन्टमा मद्यपान, धुम्रपानका लागि छुट्टै कक्षको व्यवस्था गरिएको इजाकायामा परिवारिक, प्रेमिल तथा गोप्य सिटको व्यवस्था रहेको छ । यो रेस्टुरेन्ट आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० र शनिवार अपराह्न १२ बजेदेखि बेलुका १० बजेसम्म खुल्ला रहने छ । इजाकायाले हाल आफ्ना सबै सेवाहरुमा १५ प्रतिशत छुट दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved