संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 04:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो ।

आजकै बैठकले सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

यसैगरी, सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved