आन्दोलन गर्दा फोहोरो गरेको भन्दै काठमाडौँ महानगरले राप्रपालाई ५ हजार जरिवाना तिराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 08:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएको छ । पार्टीले आयोजना गरेको आन्दोलनको क्रममा क्षति पुर्याएको र फोहोर गरेको भन्दै महानगरले जरिवाना तोकेको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ । 

पत्रमा, क्षतिपूर्ति र जरिवानावापतको रकम वैङ्क दाखिला गर्न खाता नं. उपलब्ध गराइएको छ । पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रीत आन्दोलनको कार्यक्रम गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved