बिगत ८ दिनदेखि हराईरहेको भारतीय वायु सेवाको सम्पर्कबिहिन विमानको केहि भग्नावशेष फेला परेको छ । भारतको अरुनांचल प्रदेशको लिपो भन्ने स्थानबाट १६ किलोमिटर उत्तरमा भग्नावशेष फेला परेको भारतीय सेनाले जनाएको। विमानको खोजिको क्रममा १२ हजार फिटको उचाईमा केहि भग्नावशेष फेला परेको हो । भग्नावशेष देखिए पनि अन्य केहि विवरण थाहा नभएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भरतीय वायु सेवा निगमको जहाज गत हप्ताको सोमबार दिउँसो १ बजेदेखि सम्पर्क बिहिन भएको थियो । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको हो । उडेको आधा घण्टा मै विमान हराएको थियो । विमान हराएपछि सेनाले खोजिकार्यलाई तिब्रता दिएको थियो । अत्याधुनिक हेलिकप्टर र जहाजलाई खिजो कार्यमा लगाईएको थियो ।
विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक थिए ।
जुलाई २०१६ मा पनि भारतीय सेना कै एक विमान बेपत्ता भएको थियो । २९ जना सवार उक्त विमान हालसम्म पनि फेला परेको छैन । सो विमान समुद्रमा खसेको र सबैको मृत्यु भएको आशंका गरिएको थियो ।