अमेरिकासँग कति तेल छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 10:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व तेल बजारमा अमेरिकाको पहुँचमा कति छ भन्ने तथ्य निकै रोचक छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकाले दैनिक १२.६ मिलियन ब्यारेल (बीपीडी) कच्चा तेल उत्पादन गर्दछ । तर, यो तथ्याङ्क अमेरिकाभित्रको मात्रै हो ।

अमेरिकाको पहुँचमा कति तेल छ भन्ने यकिन तथ्याङ्क पाउन असम्भवप्रायः छ । तर, संसारकै ठूला दशवटा तेल प्रशोधन कम्पनीमध्ये दुईवटा अमेरिकामा छन्।

ठूला १० वटा तेल प्रशोधन कम्पनीको कुल उत्पादन प्रतिदिन ३४.७३ मिलियन ब्यारेल छ । अमेरिकी कम्पनीहरु एक्सोनमोबिल र चेभ्रोनले मात्रै दैनिक ४।१३ मिलियन ब्यारेल तेल उत्पादन गर्दछन् । जुन १० ठूला कम्पनीको दैनिक उत्पादनको ११ प्रतिशत हो । 

तथ्याङ्क हेर्दा विश्वभरको कुल तेल उत्पादन ९४।७ मिलियन ब्यारेल प्रतिदिन छ । जसमा अमेरिकामा रहेका ठूला दुई कम्पनीको हिस्सा ४।४ प्रतिशत हुन आउँछ । साउदी अरेबियन कम्पनी अमार्कोले मात्रै दुई अमेरिकी कम्पनी एक्सोनमोबिल र चेभ्रोन कुल उत्पादनभन्दा बढी तेल उत्पादन गर्दछ । 

कोनोकोफिलिप्स, अक्सिडेन्टल, ईओजी रिसोर्सेज, अनाडार्को, म्याराथन, भाल्को र डेभन इनर्जी अमेरिकामा रहेका ठूला तेल कम्पनीहरु हुन् । यी कम्पनी संसारभरको तेल बजारमा सक्रिय छन् । 

त्यसबाहेक ट्रिनीडाड, संयुक्त अधिराज्य र चीनमा समेत अमेरिकी तेल कम्पनीहरु सञ्चालित छन् । अमेरिकामा रहेकामात्रै नभएर संसारभर छरिएका अमेरिकी कम्पनीको कुल तेल उत्पादन विश्व बजारको १५ प्रतिशत हुन आउँछ ।

रेलबाट कच्चा तेल ढुवानी गरिँदै । फोटोः युएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसन (इआइए)



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved