न्युजिल्याण्डमा ५.९ म्याग्नीच्युडको शक्तिसाली भूकम्प गएको छ । भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । आइतबार मध्याह्नसम्म ५ हजार भन्दाबढी विस्थापित भईसकेका छन् ।
भूकम्पबाट भएको क्षतिको यकिन विवरण भने आईसकेको छैन । स्थानीय समयानुसार आइतबार विहान ५ः३४ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।