बलात्कार अभियोगमा पक्राउ परेका ४ जनाको 'प्रहरी इन्काउन्टर'मा मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 10:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जनाको "प्रहरी इन्काउन्टर"मा मृत्यु भएको  छ। उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो। तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा "भिडन्त"मा मृत्यु भएको हो। घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ।

चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको थियो ।त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ। प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन्।

गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो। सडकदेखि संसद्‌सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो।

 कसरी भयो बलात्कार र हत्याको घटना?

नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्। पछि उनले आफ्नो स्कूटर पन्चट भएको, र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन्। उनले आफू कुनै टल प्लाजा - सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ - मा पर्खिरहेको बताएकी थिइन्। त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो। बिहीवार बिहान उनको मृत शरीर सडकको 'फ्लाईओभर' मुनि एक दूध व्यापारीले भेटेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved