कोरोनाको कारण फिलिपिन्सको शेयर बजारको कारोबार अवधि छोट्याईयो, श्रीलंकाको बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 09:03:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण फिलिपिन्सको शेयर बजारको कारोबार अवधि छोट्याईएको छ । फिलिपिनी स्टक एक्सचेन्जले मार्च १७ देखि लागु हुने गरि अप्रिल १४ सम्म  कारोबार अवधि घटाएको हो 

यस अघि स्थानीय समय ३:३० सम्म कारोबार हुने गरेकोमा अब १ बजेसम्म मात्र कारोबार हुने स्टकले जनाएको हो । त्यस्तै विदेशी विनिमय बजार र फिक्स्ड इनकम मार्केटको कारोबार अवधि पनि झारेर ९ बजेदेखि २ बजे देखि कायम भएको छ 

उता श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्ज पनि ३ दिन देखि बन्द छ । कोरोनाको कारण देखाउदै स्टकले हरेक दिन अगाडी शेयर कारोबार नहुने सूचना निकालेको छ । स्टकले मार्च १६, १७ र १८ को लागि एक दिन अगाडी छुट्टाछुट्टै सूचना निकालेर बजार बन्दको जानकारी दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved