नेपालमा कोरना आउदैन भन्नु भयंकर गल्ती: विश्व स्वास्थ्य संगठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:58:46 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ति हुने बताएका छन्। विश्वका विकसित वा धनी वा कुनै पनि स्त्याट्स भएका देशले अरु देशमा कोरोना भाइरस लाग्यो तर हाम्रोमा लाग्दैन भन्ने सोच राखेका छन भने त्यो उनीहरुको लागि गम्भीर गल्ती हुने उनले बताएका छन। 

इरानको आपतकालीन कार्यक्रममा बोल्ने क्रममा विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक घिब्रीएससले भने, "कोरोना भाइरसले चाइना पछि सबैभन्दा बढी प्रभावित भएको मुलुकमा इरान देखिएको छ, जुन यहाँका मान्छेको बुझाई भन्दा धेरै फरक छ। कुनै पनि देशले कोरोना भाइरसको केश देखिदैन भनेर सोच राख्नु घातक हुनेछ।"

उनले इटाली र अन्य जी सेभेन मुलुकको उदाहरण दिंदै अन्य देशहरुमा समेत आश्चर्यजनक रुपमा कोरोना भाइरस फैलन सक्ने बताए। उनले नेपालको नाम नलिई नेपाल जस्ता देशहरुले आफ्नो देशमा कोरोना भाइरस देखिदैन भन्ने सोच राख्नु भयंकर ठुलो गल्ति हुने र यसको क्षति अकल्पनीय हुने बताएका छन्। 

अहिले इरान, इटाली र दक्षिण कोरियामा कोरोनाको प्रभाव धेरै देखिएपनि अन्य देशहरुमा समेत यस्तै हुन् सक्ने कुरालाई नकार्न नसकिने भएकाले सबै देशले सक्दो तयारि गर्न अपिल गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी जनवरी ३० लाई अन्तराष्ट्रिय आपतकाल संकटकाल घोषणा गरिसकेको छ। डब्लुएचओले विश्वका बिभिन्न देशहरुलाई कोरोना भाइरस परिक्षण तथा क्यारेन्टाईन को व्यवस्था गर्न तथा जनचेतना फैलाउन अपिल समेत गरेको छ।डब्लुएचओका महानिर्देशक घिब्रीएससले यो समय डराएर बस्ने नभई सक्रमणबाट बच्न र मानिसको जीवन बचाउन काम गर्ने बेला भएको बताएका छन्। 

त्यस्तै डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक र्यानले इरानमा संक्रमण देखिएका मध्ये १० प्रतिशतको मृत्यु भएको पुष्टि गरेका छन्। यो इरान र त्यस क्षेत्रमा कोरोना भाइरस थप फैलने सक्ने संकेत भएकाले अझ ठुलो क्षतिको अपेक्षा गर्न सकिने बताउदै इरानले छिट्टै वास्तबिकता सार्वजनिक गर्ने बताए। 

विश्व जगतका लागि साझा मुद्दा भएकाले सबै देशहरु यस बिरुद्द लाग्नुपर्ने भएकाले जापानले आगामी जुलाईमा हुने ओलपिम्क खेलबारे तत्कालै कुनै ठोस निर्णय नगर्नेमा आफु विश्वस्त भएको डा. र्यानले बताएका छन्। उनले आगामी जुलाईमा जापानमा हुन् गइरहेको ओलम्पिक खेलको मिति सार्ने बिषयमा समेत कुराकानी भइरहेको उक्त कार्यक्रममा जानकारी दिएका छन् । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यस्तै युरोपमा इटलीपछि सबैभन्दा बढी स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् । 

यता, इरानमा १ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा फ्रान्समा २७, अमेरिकामा २५, नेदरल्यान्ड्समा १९, बेलायतमा १६ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसका कारण हालसम्म ७ हजार ९ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका ३ हजार २ सय ३७, इटलीमा २ हजार ५ सय ३, इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, अमेरिकामा १ सय ११, दक्षिण कोरियामा ८४, बेलायतमा ७१, नेदरल्याड्समा ४३, जर्मनीमा २६ जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved