कोरोना बिरुद्ध कतारको विशेष प्याकेज: व्यवसायीलाई ऋणमा राहत, सेयरबजारमा १० अर्ब थप लगानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 18, 2020 | 09:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको महामारी फैलिरहँदा विश्वभरका देशहरुले विभिन्न राहत प्याकेजको घोषणा गरेका छन्।  विश्व मानवजगत यतिबेला अप्ठारो परिस्थितिबाट गुज्रिरहेको बेला रोजगारीको लागि नेपालीका लागि पहिलो रोजाईको कतारले विशेष सावधानी अपनाएको छ। 

कतारले संसारभरी नै महामारीको रुप धारण गर्दै गरेको कोरोना बिरुद्द लड्न अन्तर्राष्ट्रिय जगतसँग हातेमालो गर्दै स्वदेशमा समेत खाद्यान्न  र मेडिकल सामानलाई भन्सार महसुल छुट गरेको छ। यो छुट छ महिनाको अवधिको लागि दिईएको छ भने यो उपभोक्तालाई बेच्ने मूल्यमा लागु हुनेछ।

त्यस्तै कतारले निजि क्षेत्रलाई प्रोत्साहन गर्न ७५ बिलियन कतारी रियाल प्रदान गर्ने कतारी परराष्ट्र मन्त्रालयकी सहायक मन्त्री एवं प्रवक्ता लुल्वा अल खातरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छिन् । उनकाअनुसार कतारले ठुलो मात्रामा निजि तथा आर्थिक क्षेत्रलाइ प्रोत्साहन स्वरुप सहयोग गर्ने भएको छ। 

त्यस्तै कतारका राजा शेख तमीम बिन हमद अल थानीले कोविड १९ नामको नयाँ कोरोनाभाइरसको बिरूद्ध लड्नभएका सबै घटनाक्रम र सावधानीका उपायहरूबारे अनुसन्धान गर्नको लागि संक्रमण निवारण तथा ब्यवस्थापन सर्वोच्च समितिको बैठक आब्हान गर्दै महत्त्वपूर्ण कदम चाल्न आदेश दिएका छन्। 

राजा थानीलेका अनुसार कतारले दोहाका लागि आउने सबै उडानहरू आउँदो मार्च १८ बुधबार बेलुका देखि १४ दिनको लागि रोक्ने भएको छ।  त्यस्तै कतारमा मेट्रो रेल र करवा बसहरु तथा सबै सार्वजनिक यातायात सेवा रोकिएका छन्। 

कोरोनाको संक्रमण फैलिन नदिन कतारले ५५ बर्ष भन्दा माथिका कर्मचारीहरू, गर्भवती महिलाहरू, मधुमेह, मुटु तथा मृगौला रोग, र तनाव जस्ता दीर्घकालीन रोगबाट पीडित व्यक्तिहरुले घरैबाट काम गर्न सक्ने निर्णय गरेको छ। 

कतारले सार्वजनिक स्कूलका सबै विद्यार्थीहरूलाई मार्च २२, २०२० आइतवारदेखि अनलाइन शिक्षा  सुरु गर्नेभएको छ। कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरू निरन्तर प्रणालीको अधीनमा हुनेछन्।  बाह्रौं कक्षाका विद्यार्थीहरूको लागि उनीहरूले हाई स्कूलको परीक्षा समयमै र परीक्षा मुख्यालयमा गर्नेछन् जुन पछि घोषित हुनेछन् ।  निजी विद्यालय र विश्वविद्यालयहरूमा विद्यार्थीहरू शैक्षिक क्यालेन्डर र उनीहरूको लागि स्वीकृत मूल्यांकन प्रणाली अनुसार टाढाबाट अध्ययन सुरु गर्नेछन् । 

त्यस्तै कतारले विशेष आर्थिक प्याकेज समेत घोषणा गरेको छ। कतारको केन्द्रीय बैंकले निजी क्षेत्रका र अन्य दायित्वहरू छ महिनाको अवधि सम्म स्थगित गर्न प्रोत्साहित गर्ने संयन्त्र खडा गर्ने निर्णय गरेको छ। त्यस्तै कतार विकास बैंकलाई ६ महिनाको अवधिका लागि सबै ऋण लिनेहरूको किस्ता स्थगित गर्न निर्देशन दिइएको छ। 

कोरोनाले विश्वको सेयर बजार प्रभावित बनाईरहंदा त्यहाँको बजारलाई प्रोत्साहन गर्नलाई कतारले सरकारी कोषलाई स्टक एक्सचेन्जमा १० अर्ब रियाल लगानी बढाउन निर्देशन दिएको छ। यसका साथै केन्द्रीय बैंकले कतारमा रहेका सबै बैंकहरुलाई थप तरलता प्रदान गर्ने भएको छ। 

त्यस्तै कतारमा खाद्य र मेडिकल सामानलाई छ महिनाको अवधिमा भन्सार भन्सार छुट दिईएको छ भने यो उपभोक्तालाई बेच्ने मूल्यमा लागू हुनेछ अधिकांश क्षेत्रका दस्तुर तथा अन्तशुल्क  निशुल्क गरिएको छ।

त्यस्तै कतारमा ६  महिनाको अवधिमा सेवा प्रदायक, पर्यटन, खुद्रा, साना र मध्यम उद्योग, भाडावालहरू र रसद क्षेत्रहरूलाई बिजुली र पानी शुल्कमा छूट हुने भएको छ।  त्यस्तै रसद क्षेत्र र साना र मझौला उद्योगहरूको लागि  ६ महिनाको अवधिको लागि भाडामा छुट दिन भनिएको छ।

बिश्व स्वास्थ्य संगठन डब्लु एच ओ द्वारा निर्देशन गरिएका हरेक नियम कानुन ब्यवस्थाको कतारद्वारा उच्च सम्मानका साथ पालना गरिएको छ। साताको महत्त्वपूर्ण प्रार्थना जुमाू लाई पनि अनिश्चितकालीन समय सम्मको लागि  रोक लगाइएको छ।

कतार सरकारको सम्बन्धित निकायले निषेधित क्षेत्रहरुमा जान र भेला हुन रोक लगाएको छ भने साताको अन्त्यमा कतारका विभिन्न खुल्ला मैदान, श्रमिक आवास क्षेत्रहरु नजिक पुटपाथे पसल राख्न र सामान किनबेच गर्न पुर्ण रुपमा बन्देज गरेको छ। त्यस्तै ठुला र सफारीमल साउदी हाइपरमार्केट लु लु क्यारिफोर अलमिरा ग्र्यान्डमल लगायत अन्य ब्यवसायिक केन्द्रहरुमा हुल जत्था बनाइ दुई भन्दा बढी संख्यामा नजान निर्देशन गरेको छ।

औद्योगिक क्षेत्र सनाइयाको १ देखि ३३ नम्बर सम्मका श्रमिक आवासमा सर सफाइ किटनाशक केमिकल छर्किन एक विशेष अभियान संचालन गरिएको छ।  राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ, प्रोफेशर मोहम्मद रमजान अलि मियाँले बिजपाटीलाई बताएका छन। संक्रमण फैलने डरले एक क्याम्पको वासिन्दाको अर्को क्याम्पमा आवतजावतमा मनाही गरिएको उनले जनाएका छन।  

कतारले हदै सम्मको सुरक्षा अपनाउदै जोखिमको उच्च  सम्भावना रहेका क्षेत्र  रेस्टुरेन्ट, क्याफे, जिमहल, सिनेमा थिएटर, खेलस्थल सार्वजनिक पार्क बालबालिका खेल्ने स्थानहरु लाई केही समयको लागि बन्द गरेको छ भने होम डेलिभरी स्वरुप रेस्टुरेन्ट बाट खाना लगेर खान छुट दिइएको छ। रेस्टुरेन्टमा बसेर खान मनाही गरिएको छ। देशभरका सैलुन पसल,स्पा तथा मसाज पार्लर आज देखि बन्द गरिएको मन्त्रालयले जनाएको छ । 

यसैगरी कतारको राष्ट्रिय ध्वाजावाहक कम्पनी कतार एयरवेजले यात्राका निम्ति टिकट लिइसकेका आफ्ना सेवाग्राही लाई टिकट सार्न वा टिकटको पूरा मुल्य फिर्ता लिने सुविधा प्रदान गरेको छ। ट्राभल एजेन्सी अनुसार यस्को प्रक्रिया भने फरक हुन सक्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved