इटालीमा एकैदिन ४७५ को मृत्यु, कतारमा थप १० संक्रमित, बेलायत सरकारलाई जनदबाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 10:52:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा थप १० जनामा कोरोना भाइरस देखिएको छ। यो संगै कतारमा भाइरस संक्रमितको संख्या ४५२ पुगेको छ। आज भाइरस देखिएको ९ जना क्वारेन्टाइनमा रहेका आप्रवासी कामदार र एक जना स्विजरल्याण्डबाट फर्किएका कतारी नागरिक रहेका छन्। 

सबैको स्वास्थ्य स्थिति सामान्य रहेको राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक, खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ, प्रोफेशर मोहम्मद रमजान अलि मियाँले जनाएका छन। साथै आज सम्म कतारमा जम्मा ८८७३ जनामा भाइरसको जाँच गरिएको छ । अहिले सम्म जम्मा ४ जना निको भएर फर्किएका छन्।

त्यस्तै कतार प्रहरी मार्फत क्याम्प क्याम्पमा खाना समेत बितरण गरिएको छ। क्याम्प मा अन्य बिरामी रुघाखोकी सामान्य ज्वरो आउदा समेत एम्बुलेन्स तत्काल आइ उपचार का लागि लगिएका छन। सनैया २४ स्थित सबै जना नेपाली कुशल अवस्थामा नै रहेको बताइएको छ।

त्यस्तै कोरोना भाइरसले चीनपछि सबै भन्दा बढी प्रभावित बनेको इटालीमा २४ घण्टामै ४७५ को मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसको संक्रमण तथा मृत्यु हुनेको दर बढेसँगै इटाली सरकारले सिमानाकाहरु बन्द गरेको छ। 

त्यस्तै बेलायत सरकारलाई समेत त्यहाँका नागरिकहरुले बिद्यालय बन्द गर्न तथा अन्य साबधानी अपनाउन दबाब दिएका छन्। यससँगै बेलायतले पनि बिद्यालय बन्द गर्ने भएको छ। त्यस्तै अमेरिका, क्यानडाले समेत आफ्ना सम्पूर्ण सिमानाकाहरु बन्द गरेका छन्। 

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २ लाख २० हजार पुगेको छ। जस मध्ये ८४ हजार निको भएका छन भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८ हजार ८०० पुगेको अमेरिकाको जोह्न्स होप्किंस बिश्वबिधालयले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved