कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 03:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ। चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीुको सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। 

चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीको केन्द्रबिन्दु बनेको छ। दक्षिण एसियालाई प्रभावित बनाउन सक्ने आंकलन गरिएको छ। 

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर २ लाख २० हजार नाघेको छ। जस मध्ये ८५ हजार ७७८ निको भएका छन भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८ हजार ८८८ पुगेको अमेरिकाको जोह्न्स होप्किंस बिश्वबिधालयले जनाएको छ।  

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ तरु यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ। यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved