इटालीमा ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, चीनको भन्दा धेरै पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 11:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म इटालीमा ३४ सय ५ जनाको मृत्यु भएको छ । 

यस संगै इटाली कोरोनाबाट सबै भन्दा धेरै मृत्यु हुने देश बनेको छ । यस अघि चीनमा सबै भन्दा धेरैको मृत्यु भएको थियो । अब भने ३४ सय ५ मृत्यु सहित इटाली पहिलो नम्बरमा रहेको छ भने ३२ सय ४५ मृत्यु भएको चीन दोस्रो स्थानमा रहेको छ इटाली र चीनपछि सबै भन्दा धेरै मृत्यु इरानमा १२ सय ८४ र स्पेनमा ८०३ जनाको मृत्यु भएको छ । 

यो समाचार तयार पार्दासम्म कोरोनाबाट विश्वभर ९ हजार ८ सय १८ को मृत्यु भएको छ भने कोरोना लागेका ८६ हजार ६ सय ७६ जना निको भएका छन् । अझै पनि विश्वभर १ लाख ४० हजार २ सय ९ जनामा भाइरस देखिएको छ । जस मध्ये ७ हजार बढीको अवस्था गम्भीर छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved