भारतीय प्रधानमन्त्री मोदीले दिए कोरोनाबाट बच्ने २ उपाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 12:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको माहामारीबाट बच्नलाई बिभिन्न उपाय अपनाउन सुझाब दिएका छन्। विश्वका शक्तिशाली र बिकसित मुलुकलाई आफ्नो चपेटामा लिएकाले भारतजस्तो विकासोन्मुख मुलुकमा कोरोना भाइरस फैलिदैन भन्ने सोच राख्नु गलत भएको प्रधानमन्त्री मोदीले संदेश दिने क्रममा बताएका छन्। 

कोरोना भाइरसको सुरु भएको केहि सातासम्म शान्त रहेका मुलुकमा अहिले  माहामारी फैलिरहेकाले भारतीय नागरिक समेत यो समस्यासँग जुध्न तयार रहन उनले आग्रह गरेका छन्। 

कोरोना भाइरसको कुनै औषधि पत्ता लागिनसकेको अवस्थामा यस माहामारीसँग लड्न आफुहरुसँग मात्र दुई उपाय  भएको मोदीले बताएका छन्। मोदिका अनुसार अहिले अठोट र धैर्यता नै कोरोना भाइरससँग लड्नका लागि अचुक उपाय हो। 

केन्द्र र राज्य सरकारको निर्देशन पालना गर्ने, आफु स्वस्थ रहने र अरुलाई स्वस्थ रहन सहयोग पुर्याउने जस्ता कुरामा द्रिड अठोट नागरिकमा हुनुपर्ने मोदीको भनाई छ। 

त्यस्तै धैर्यताको रुपमा अत्यावश्यक कामका लागि मात्र  घर बाहिर निस्कने, दुरी कायम गर्ने, सामाजिक काममा भिडभाडमा नजाने जस्ता धैर्यता अपनाएर पनि कोरोनाको महामारीबाट बच्न सकिने उनको भनाई छ। त्यस्तै मोदीले ६० बर्ष माथिका उमेर समुहका नागरिकलाई अबको केहि साता कुनै पनि अवस्थामा घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्। 

पुर्खाको ब्ल्याक आउट जस्तै अहिले जनता कर्फ्यु 

मोदीले आगामी आइतबार जनता कर्फ्युु लगाउने घोषणा गरेका छन। मोदीले आगामी आइतबार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म घर मै बस्न आग्रह गरेका हुन्। 

बिगतमा भारतका बिभिन्न ठाउँमा बर्षमा भविष्यमा आउँन सक्ने विषम परिस्थितसँग लड्न कम्तिमा एक दुई पटक ब्ल्याक आउटको अभ्यास हुने गरेको सुनाउदै मोदीले जनता कर्फ्युमा सामेल हुनलाई आग्रह गरेका छन्।  यो भनेको जनताबाट जनताको लागि र जनताद्वारा लागु गरिएको कर्फ्यु भएको बताउदै मोदीले घर बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

उनले देश हितको लागि र आत्मासंयमको लागि  जनता कर्फ्युु लगाएको भन्दै हरेक नागरिकले हरेक दिन १० जनालाई यस बारे बताउन आग्रह गरेका छन्।

उनले अत्यावश्यक बाहेक अन्य कामको लागि बाहिर नननिस्कन आग्रह गरेका हुन् । डाक्टर, चिकित्सक, मिडियाकर्मी, प्रहरी, सेना लगायतका सर्वसाधारणको लागि काम गर्ने व्यक्तिहरु बाहेक अन्य पेशाका व्यक्तिहरु सकेसम्म घरमै बस्नलाई समेत उनले आग्रह गरेका छन। 

आइतबार बेलुका ५ बजे , आफ्नो घरको ढोका वा बाल्दरीमा बसेर यस्तो बेला आफ्नो काम गरेर जनतालाई सेवा प्रदान गर्ने चिकित्सक, प्रहरी, सेना, मिडियाकर्मी, उडड्यनकर्मी प्रति आभार व्यक्त गर्नलाई समेत उनले आग्रह गरेका छन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved