बेलायति नायिकाको अनुभव : प्यारासिटामोलले पनि कोरोना सञ्चो बनाउँदो रहेछ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 01:06:01 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणमा परेकी बेलायती नायिका ओल्गा कुरिलेन्को निको भएकी छन्। उनले आफुलाई संक्रमण लागेको पत्ता लागेपछि आइसोलेशनमा बसेको र औषधिमा प्यारासिटामोलमात्र खाएर सन्चो भएको बताएकी छन्। 

उनले कोरोना भाइरस लागेको शंका लागेपछि आफु अस्पताल गएको र अस्पतालले आफुलाई प्यारासिटामोलमात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको बताएकी छन्।

1140x725उनले इन्स्टाग्राममा आफ्नो अनुभव बाँड्दै ज्यानमारा भाइरस भए पनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्दा अहिले सञ्चो हुँदै गएको बताएकी छन्।

मास्क लगाएको तस्वीर राख्दै उनले लेखेकी छिन्‚ ‘म अहिले सञ्चो भइरहेको छु, मेरो ज्वरो हराइसक्यो। धैरैलाई लाग्ला अहिले म कहाँ छु भन्ने। म अहिले लण्डनमा छु।’

उच्च ज्वरोका कारण चिकित्सकले प्यारासिटामोल दिएको तर अन्य औषधी नदिएको उनले दाबि गरेकी छन्।  तर उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले केही भिटामिन खाएको बताएकी छिन्‚ ‘मैले भिटामिन खाँए तर त्यसले कोरोना भाइरसलाई रोक्दैन, रोग प्रतिरोधात्मक क्षमता भने बढाउँछ।’

उनले आफूले लिएको भिटामिनको सूची पनि खुलाएकी छन्। आइसोलेसनमा बस्दा उनले भिटामिन बी फाइभ, भिटामिन सी र भिटामिन ई खाएको बताएकी छन्। 

कोरोना भाइरस देखिएपछि आफैंलाई थुनेर राखेको कोठा बाहिरको तस्विर साझा गर्दै उनले घरमा एक्लै बसेर आफैंले पनि उपचार गर्न सकिने भएपछि अस्पताल नगएको बताएकी छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved