सामुहिक बलात्कारका ४ दोषीलाई झुण्ड्याएर मारियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 09:07:05 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाईफाँसी  दिइएको छ। उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए।

दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए। २३ वर्षीया निर्भया नाम दिइएकी ती महिलामाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनहरू चर्किएका थिए। त्यसक्रममा धेरै महिलाहरूले समाजमा व्याप्त यौन दुर्व्यवहार र हिँसाविरुद्ध आक्रोश पोखेका थिए। त्यसपछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन कडा तुल्याउँदै सजाय पनि बढाइएको छ। 

आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले थोरै सन्तोषको सास फेरेको सङ्केत दिएका छन्। उनकी आमाले सबै सहयोगीलाई धन्यवाद दिएकी छन्। "म न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहन्छु। सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ। निर्भयालाई न्याय मिल्यो।" उनका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरे।

मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved