भारतमा १४ घण्टे ‘जनता कर्फ्यु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 12:34:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा आज १४ घण्टे ‘जनता कर्फ्यु’ लगाईएको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतले आज आइतबार बिहान ७ बजेदेखि एक अर्बभन्दा बढी मानिसलाई १४ घण्टा लामो कर्फ्यु लगाएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै कर्फ्यु घोषणा गर्दै उक्त कर्फ्यु कोरोना विरुद्द लड्ने भारतीय क्षमताको परीक्षण हुने बताएका थिए ।

मोदीले नागरिकहरूलाई आइतवार बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म घरभित्रै बस्न आग्रह गरेका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङख्या ३२४ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved