भारतसित जोडिएका सबै नाका बन्द गर्न नेपाललाई विश्व स्वास्थ्य संगठनको सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 02:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठनले चीनको बुहान हुँदा विश्वभर फैलिरहेको कोरोनाको महामारीबाट बच्न नेपालले सबै सीमा नाका बन्द गर्नुपर्ने सुझाब दिएको छ। विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। 

कोरोनाको महामारी चीनबाट युरोप अमेरिका हुँदै छिमेकी मुलुक भारतमा समेत फैलीसकेकाले नेपालले भारत लगायतका सीमा नाकाबन्द गर्नुपर्ने उनले सुझाब दिएका छन्। 

नेपालले सक्दो तयारी गरेका खबर आइरहेको बताउदै उनले अहिलेसम्म महामारी नदेखिनु  राम्रो कुरा भएपनि ढुक्क हुन नहुने सुझाब दिएका छन। नेपालले तयारीका लागि  भारतसँग जोडिएका सिमा बन्द गरिहाल्नुपर्ने र नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्नु उनले बताएका छन। 

उनले अहिलेको बेला सरकारले भन्दा पनि आम नागरिकले आफैले बुझेर आफुले आफैलाई जोगाउने बेला भएकाले सबै आफ्नो ठाउँमा सचेत रहेर घरमै बस्नुपर्ने बताएका छन। 

चीनले कोरोना बिरुद्द हासिल गरेको उपलब्धि हेरेर आशावादी हुनुपर्ने तर इटालीको घटना देखेर तयारि बिर्सिनु नहुने उनले बताएका छन। यो बेला सामाजिक दुरी कायम गर्ने, हुलमुलमा नजाने, सकेसम्म आफुमा सर्न नदिए र अरुलाई पनि नसार्ने बिषयमा प्रत्येक व्यक्ति जिम्मेवार हुनुपर्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved