कोरोनाविरुद्ध लड्न नेपाल सरकारलाई एनआरएनएको १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 11:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ एनआरएनए ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत् १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो। 

संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति र त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा। बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए।

कोरोना सम्बन्धि जोखिम बढेको र त्यसले अर्थतन्त्रमा प्रतिकुल असर परेको अवस्थामा पूर्वाधार निर्माण पनि गर्नुपर्ने भएकाले सरकारले कोष निर्माण गर्ने निर्णय गरेको छ।  उक्त कोषमा सरकारले ५० करोड सुरु पुंजी राख्ने निर्णय गरेको छ भने संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब राख्ने, र सहयोगी हातहरुलाई यो कोषमा रकम सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ।सरकार आग्रहलाई आत्मसाथ गर्दै गैरआवासीय नेपालीहरुको छाता संगठनले पनि कोरोना बिरुद्द लड्न सरकारलाई सहयोग गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved