जर्मनीकी चान्सलर एङ्गेला मर्कल क्वारेनटाईनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 08:23:56 AM मा प्रकाशित

laxmi  sunrise bank

जर्मनीकी चान्सलर एङ्गेला मर्कल क्वारेनटाईनमा बसेकी छिन् । उनको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी पनि बसेकी हुन् । 

शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारेनटाईनमा बस्नुपरेको हो। उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए। उनी ६५ वर्षकी छन्।

क्वारेनटाईनमा जानु अगाडी उनले एउटा सम्बोधन गरेकी छिन् । उनले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको बताएकी थिइन् । टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्कलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन्। उनले घोषणा गरेका नियमहरूअनुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन्। अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved