अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले विश्वभर कोरोना भाइरसको माहामारी फैलिएपछि पहिलो पटक चीनको प्रशंसा गरेका छन्। राष्ट्रपति ट्रंपले चीनी समकक्षी शी जिनपिंगसँग कोरोनाको महामारीको बिषयमा फोन मार्फत कुराकानी भएको ट्वीट गर्दै यस कठिन घडीमा चीनले लिएको कदमको प्रशंसा गरेका छन्।
ट्रंपले चीनको प्रशंसा गर्दै लेखेका छन, "चीनले अहिलेसम्म कोरोना भाइरसलाई लिएर धेरै मजबुत बुझाई बिकसित गरेको छ, हामि साथमा मिलेर काम गर्दैछौं, धेरै सम्मान।" ट्रंपले यसअघिसम्म कोरोना भाइरसको सुरुवात चीनबाट भएको भन्दै यसलाई चीनी भाइरस भन्दै चीनको आलोचना गर्दै आएका थिए।
डोनाल्ड ट्रंपको ट्वीटपछि चीनले पनि प्रतिकृया दिएको छ। चीनको सरकारी मिडियाकाअनुसार शी जिनपिंग ले चीन र अमेरिका कोरोना भाइरसको लडाईमा एकजुट भएको प्रतिकृया दिएका छन्।Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!— Donald J. Trump (@realDonaldTrump) March 27, 2020
उनले चीनले संधै कोरोना भाइरसलाई लिएर पारदर्शिता अपनाउदै आएको बताएका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रंपले चीनले भाइरसबारे विश्व समुदायलाई उचित समयमा सूचना नदिएको आरोप लगाउदै आएका थिए।
राष्ट्रपति शी जिनपिंगले भाइरससँग जुध्न अमेरिकालाई सहयोग गर्ने समेत बताएका छन। यतिमात्र नभई शी जिनपिंगले अमेरिकामा रहेका आफ्ना चीनी नागरिकहरुको सुरक्षाका लागि अमेरिकाले आवश्यक कदम उठाउनेप्रति बिश्वास व्यक्त गरेका छन्।
चीनले पहिल्यै कयौं युरोपियन , अफ्रिकन तथा एशियाली देशहरुमा कोरोना बिरुद्ध लड्न सहयोग गर्ने घोषणा गरिसकेको छ भने कतिपय मुलुकमा सहायता समेत पठाई सकेको छ। नेपालमा समेत कोरोनासँग सम्बन्धित औषधि तथा मेडिकल टिम पठाउने तयारी गरेको छ।