भारतमा लकडाउन खुकुलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 03:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले लकडाउनलाई केहि खुकुलो बनाउने निर्णय गरेको छ । भारतले लकडाउनलाई केहि खुकुलो पार्दै स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने भएको हो।

सामान्य अवस्थामा भन्दा आधा सङ्ख्यामा मानिसहरूले पसलमा काम गर्न पाउने र काम गर्दा पसलमा बस्ने व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने गरी पसल खोल्ने अनुमति दिईएको हो । त्यस्तै मानिसहरूले एकअर्काबीच दूरी कायम राख्नुपर्ने छ। ठूला व्यापारिक भवनहरू मल्टीब्राण्ड सो रुम भने बन्द रहनेछन्।

भारतीय गृह मन्त्रालयले शुक्रबार राति नयाँ निर्देशन जारि गर्दै खुल्न पाउने पसलहरुको सुची जारि गरेको हो। जस अनुसार ग्रामिण भेगमा मल बाहेक सबै पसल खुल्न पाउने छन् । 

तर कम्प्लेक्स, शपिङ मल, खुल्न पाउने छैनन् भने मदिरा पसल, ब्युटी पार्लर, सैलुन,  रेस्टुरेन्ट भने अझै खुल्न पाउने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved