उत्तर कोरियाका नेता किम 'कोमा'मा, उपचार गर्न चिनियाँ टोली प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 03:27:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एक जापानी मिडियाले उत्तर कोरियाका शासक  किन जंग उन कोमामा रहेको उल्लेख गरेको छ । उनको उपचारमा संलग्न रहेका चिकित्सकले दिएको जानकारी भन्दै जापानी साप्ताहिक म्यागेजिन शुकान जेन्दाईले उनको अवस्था गम्भीर रहेको उल्लेख गरेको हो  । जेन्दाईले किम जीवित नै रहेको पनि उनको दिमागले कुनै 'रिस्पोन्स' नगरेको जनाएको छ ।

यस अघि पनि किमको स्वास्थ्य अवस्था गम्भीर र खतरापूर्ण अवस्थामा रहेको रिपोर्ट बाहिरिएका थिए  । उनको मुटुको शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल नभएको  जेन्दाईले जनाएको छ ।

उनी गत अप्रिल १५ तारिखमा आफ्नो हजुरबुबाको जन्म दिनको औपचारिक कार्यक्रममा पनि नदेखिएको बताईएको छ । उत्तर कोरियामा उक्त दिन सार्वजनिक विदा हो । उनका हजुरबुबा किम सुंगलाई त्यहा राष्ट्र निर्माता तथा राष्ट्र पिताको उपमा दिईएको छ । त्यस समारोहमा किम उपस्थिति नभएको बताईएको हो । धेरै चुरोट खाने गरेको, दौडधुप बढेको र मोटापनका कारण स्वास्थ्यमा समस्या आएपछि उनको शल्यक्रिया गरेको जनाईएको छ । यता चीनले आफ्नो एउटा मेडिकल टोली किमको उपचारको लागि उत्तर कोरिया पठाएको समाचारहरु बाहिर आएका छन् । 

उत्तर कोरियाको समाचार बाहिर आउँन निकै कठिन छ   । त्यसमाथि त्यहाका राष्ट्र प्रमुखको बारे कोहि पनि बोल्ड चाहदैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved