उत्तर कोरियाका नेता किमको मृत्यु भएको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 10:29:50 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उत्तर कोरियाका शासक  किन जंग उनको मृत्यु भएको दाबी गरेका छन् । तर केहि संचारमाध्यमले भने उनी कोमामा रहेको उल्लेख गरेका छन् ।

हंगकंग सेटेलाईट टेलिभिजन च्यानलका उपाध्यक्ष सिजियाँन छिनजाओले आफुलाई एकदमै विश्वस्त स्रोतले किमको मृत्यु भएको जानकारी दिएको बताएकी हुन् । उनी चिनियाँ विदेश मन्त्रीको भान्जी भएको जनाईएको छ । 

एक जापानी मिडियाले उत्तर कोरियाका शासक  किन जंग उन कोमामा रहेको उल्लेख गरेको छ । उनको उपचारमा संलग्न रहेका चिकित्सकले दिएको जानकारी भन्दै जापानी साप्ताहिक म्यागेजिन शुकान जेन्दाईले उनको अवस्था गम्भीर रहेको उल्लेख गरेको हो  । जेन्दाईले किम जीवित नै रहेको पनि उनको दिमागले कुनै 'रिस्पोन्स' नगरेको जनाएको छ ।

यस अघि पनि किमको स्वास्थ्य अवस्था गम्भीर र खतरापूर्ण अवस्थामा रहेको रिपोर्ट बाहिरिएका थिए  । उनको मुटुको शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल नभएको  जेन्दाईले जनाएको छ ।

उनी गत अप्रिल १५ तारिखमा आफ्नो हजुरबुबाको जन्म दिनको औपचारिक कार्यक्रममा पनि नदेखिएको बताईएको छ । उत्तर कोरियामा उक्त दिन सार्वजनिक विदा हो । उनका हजुरबुबा किम सुंगलाई त्यहा राष्ट्र निर्माता तथा राष्ट्र पिताको उपमा दिईएको छ । त्यस समारोहमा किम उपस्थिति नभएको बताईएको हो । धेरै चुरोट खाने गरेको, दौडधुप बढेको र मोटापनका कारण स्वास्थ्यमा समस्या आएपछि उनको शल्यक्रिया गरेको जनाईएको छ । यता चीनले आफ्नो एउटा मेडिकल टोली किमको उपचारको लागि उत्तर कोरिया पठाएको समाचारहरु बाहिर आएका छन् । 

उत्तर कोरियाको समाचार बाहिर आउँन निकै कठिन छ   । त्यसमाथि त्यहाका राष्ट्र प्रमुखको बारे कोहि पनि बोल्ड चाहदैनन् । त्यहाँको सरकारी मिडियाले नै घोषणा नगरेसम्म यी समाचारको पुष्टि गर्न नसकिने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved