शासक किमको मृत्युबारे बोल्यो दक्षिण कोरिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 12:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाका शासक  किम जंग उन जीवित र  स्वस्थ रहेको खुलासा भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जेई ईनका बैदेशिक नीति सल्लाहकार मुन चिंग ईनले सिएनएनसँगको अन्तर्वार्तामा किम जीवित र स्वस्थ रहेको बताएका हुन्। 

सल्लाहकार मुन चिंगले किम गत अप्रिल १३ देखि वोंसन रिसोर्टमा बस्दै आएको र कुनै पनि शंकास्पद गतिबिधि अहिलेसम्म नदेखिएको बताएको अलजजिराले समचार लेखेको छ । 

उत्तर कोरियाका संस्थापक तथा हजुरबुवा किम दोस्रोको जन्म दिनको औपचारिक कार्यक्रममा सार्वजनिक रुपमा नदेखिएपछि उनिबारे बिभिन्न टिकाटिप्पणी भएको थियो। केहि संचारमाध्यमले उनि कोमामा रहेको रिपोर्टिंग गरेका थिए भने केहिले त उनको मृत्यु भएको दाबि समेत गरेका थिए। 

यस अघि पनि किमको स्वास्थ्य अवस्था गम्भीर र खतरापूर्ण अवस्थामा रहेको रिपोर्ट बाहिरिएका थिए  । उनको मुटुको शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल नभएको  जापानीसाप्ताहिक म्यागेजिन जेन्दाईले जनाएको छ ।

उत्तर कोरियाको समाचार बाहिर आउँन निकै कठिन छ   । त्यसमाथि त्यहाका राष्ट्र प्रमुखको बारे कोहि पनि बोल्न चाहदैनन् । त्यहाँको सरकारी मिडियाले नै घोषणा नगरेसम्म यी समाचारको पुष्टि गर्न नसकिने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved