भारतमा सोमबार कोरोनाबाट हालसम्म कै बढीको मृत्यु, संक्रमितको संख्या ३० हजार नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 09:43:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा सोमबार कोरोनाबाट हालसम्म कै धेरै जनाको मृत्यु भएको छ  सोमबार भारतमा कोरोनाबाट ५८ जनाको मृतु भएको छ, जुन एकै दिनमा भएको हालसम्म कै उच्च मृत्यु दर हो 

भारतमा संक्रमितहरुको संख्या ३० हजार नजिक पुगेको छ । सोमबार एकैदिन १५ सय ६१ जनामा संक्रमण देखियो हो । भारतमा हालसम्म कोरोनाबाट ९३९ जनाको मृत्यु भईसकेको छ 

भारतको माहाराष्ट्र राज्यमा हालसम्म सबैभन्दा धेरै ३६९ जनाको मृत्यु भएको छ भने गुजरातमा १६२, र मध्य प्रदेशमा ११० जनाको मृत्यु भईसकेको छ । 

भारतले मे ३ तारिखसम्म लकडाउन आदेश जारि गरेको छ भने यो अवधि बढ्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved