भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो , संक्रमितहरु ३१ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 09:42:41 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार एकैदिन ६९ जनाको मृत्यु भएपछि मृतकको संख्या १ हजार ८ पुगेको छ । यो मृत्युदर भारतमा एकै दिनमा भएको हालसम्म कै उच्च मृत्यु दर हो 

भारतमा संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । मंगलबार एकैदिन १८ सय ७३ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ । 

भारतको माहाराष्ट्र राज्यमा हालसम्म सबैभन्दा धेरै ४०० जनाको मृत्यु भएको छ भने गुजरातमा १८१ , र मध्य प्रदेशमा १२० जनाको मृत्यु भईसकेको छ । 

भारतले मे ३ तारिखसम्म लकडाउन आदेश जारि गरेको छ भने यो अवधि बढ्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved