भारतीय एयरलाइन्स स्पाइस जेटले पाइलटलाई तलव नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 01:03:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय वायु सेवा कम्पनी स्पाइस जेटले आफ्ना पाइलटहरुलाई नियमित तलब नदिने भएको छ । कम्पनीले पाइलटहरुलाई अप्रिल र मे महिनाको तलव दिन नसकिने जनाएको हो । कम्पनीको अपरेसन प्रमुख गुरचरण अरोराले पाइलटलाई तलव दिन नसकिने जनाएका हुन् ।

कार्गो जहाज उडाउने पाइलटले भने उडाएको समय अनुसार प्रति घण्टाको हिसाबले तलव पाउने भएका छन् । कम्पनीले आफ्नो १६ प्रतिशत जहाज र २० प्रतिशत पाइलट उडिरहेको जनाएको छ । उडेका सबै जहाज कार्गो जहाज हुन् । कम्पनीले ५० प्रतिशत कार्गो जहाज उडाउने लक्ष्य लिएको छ भने सबै पाइलटलाई पालै पालो ति जहाज उडाउन दिने जनाएको छ ।

स्पाइस जेट भारतको बजेट एयरलाइन्स अर्थात् सस्तोमा सेवा दिने कम्पनीको रुपमा चिनिन्छ । रिजर्भमा कम रकम भएको यस कम्पनीले लकडाउनको समयमा जहाज नउडेर आम्दानी नभएपछि पाइलटलाई तलव दिन नसक्ने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved