कम्पनीको रिपोर्ट आउनु अगाडी नै गोप्य सूचना व्हाटस्एप ग्रुपमा, सेबीले गर्यो ३० लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 02:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयरबजारको नियामकीय निकायले सुचिकृत कम्पनीका त्रैमासिक रिपोर्ट चुहाउनेलाई कारवाही गरेको छ । सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले बजाज अटो कम्पनीको मूल्य संवेदनशील सूचना चुहाएको भन्दै २ व्यक्तिलाई आर्थिक जरिवाना गरेको हो ।

सेबीले २ व्यक्तिलाई १५ लाखको दरले कुल ३० लाख भारतीय रुपैयाँ जरिवाना गरेको हो । ति व्यक्तिले कम्पनीले वित्तीय विवरण प्रकाशित गर्नु अगाडी नै व्हाटएप्स मार्फत विवरणमा आउँन सक्ने सम्भावित मूल्य संवेदनशील सूचना आदान प्रदान गरेका थिए । 

केहि संचारमाध्यमले सूचना चुहिएको समाचार प्रकशित गरेपछि सेबीले अनुसन्धान अगाडी बढाएको थियो । सेबीले २६ वटा व्हाटएप्स ग्रुप र १९० वटा इलेट्रोनिक डिभाईज नियन्त्रणमा लिएर छानविन गरेको थियो । छानविनको क्रममा कम्पनीले प्रकशित गर्नु अगाडी नै १२ कम्पनिको कमाई र अन्य मूल्य संवेदनशील सूचना बाहिरिएको पाईएपछि सेबीले २ जनालाई आर्थिक जरिवाना गरेको हो । १२ कम्पनी मध्ये बजारको रिपोर्ट सुरु मै ति व्हाटएप्स ग्रुपमा आएको सरह नै मिल्दो जुल्दो पाईएको सेबीले जनाएको छ ।

भारतमा यसरी संवेदनशील सूचना चुहाउने लाई आर्थिक जरिवाना गरिदै आएको छ । नेपालमा पनि यस सबन्धि कानुन  रहे पनि कडाईका साथ कार्यन्वयन भएको पाइदैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved