अमेरिकामा कोरोनाको उपचारमा 'रेमडेसिभिर' औषधि प्रयोग गर्न अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 12:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले रुपमा कोरोना भाइरसको उपचारमा परिक्षण औषधिको रुपमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ।  बैशाख १९ गते शुक्रबार परिक्षणको रुपमा प्रयोग गरिएको यस औषधिले कोरोना संक्रमितलाई उपचारमा तिब्र गतिमा सघाउ पुगिरहेको जनाइएको छ।

विश्वभरका २ लाख ३० हजारको ज्यान लिएको कोरोना भाइरस बिरुद्द लड्न यो औषधि ले तिब्र गतिमा काम गरिरहेको अल्जजिराले जनाएको छ। अमेरिकाका राष्टपति डोलान्ड ट्रंपले खाद्य तथा औषधि प्रशासन एफडीए प्रमुख स्टेफन हानको उपस्तिथीमा व्ह्याइट हाउसबाट यो औषधि कोरोना उपचारमा काम गरिरहेका अस्पतालहरुमा उपलब्ध हुने घोषणा गरेका छन् । 

एफडीएले उक्त औषधिले ३१ प्रतिशत काम गरिरहेको र औशतमा ४ दिनमा कोरोना संक्रमित ठिक भएको बताएको छ । १०६३ बिरामीमा गरिएको परिक्षणमा धेरैले ११ दिनमा अस्पताल छाडेको र औशतमा १५ दिनमा घर फर्किएका छन् । औषधिले कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या घटाउने अपेक्षा गरिएको छ तर उसमा अहिले नै ठोस नतिजा प्राप्त भईसकेको छैन ।

अमेरिकाका राष्ट्रिय स्वास्थ्य संस्थाका डा एन्थोनी फौसीले परिक्षणको लागि गरिएको अध्ययनका लागि उपचारको लागि अब औषधि सम्भवत नयाँ मापदण्डमा आउने बताएका छन् । उक्त औषधि पहिले नै बिरामी भएका, सिनियर नागरिकमामा परिक्षण गरिएको छैन । 

गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएकाले थप १५ लाख किट अनुदानको लागि दिन सकिने र यसको उत्पादन बढाइने कम्पनीले घोषणा गरेको छ । 

सुरुवाति समय 

गिलेड कम्पनीले निर्माण गरेको यो औषधि कोरोना बिरामीको उपचारमा प्रयोग गर्नलाई औपचारिक रुपमा मान्यता पाउन भने बाँकी नै रहेको छ । एफडीए ले औषधिको अहिलेको स्ट्याटसलाई परिवर्तन गरेर पूर्ण रुपमा मान्यता प्राप्त बनाउन सक्ने तर त्यसका लागि गिलेड कम्पनीले थप जानकारी दिनुपर्ने माग गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved