काश्मिरमा भिडन्त, ५ भारतीय सैनिक मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 10:57:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत–पाकिस्तान सिमा क्षेत्र उत्तरी काश्मिरको हन्दवाडामा भिडन्त हुँदा ५ भारतीय सैनिकको ज्यान गएको छ । शनिबार साँझ भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासहित ५ सुरक्षाकर्मीको मृत्यु भएको हो । 

मुठभेडमा भारतीय सेनाको गोली लागेर दुई जना बिद्रोहीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दोहोरो भिडन्तमा मारिनेमा कर्णेल आशुतोषसहित मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved