उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2020 | 12:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो । त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान शुरू भएको दक्षिण कोरियाले जनाएको छ ।

घटनामा कुनै हताहती वा क्षति नभएको बताइएको छ ।

पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ ।

करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहान घटना भएको हो ।

दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved