विदेशमा रहेका नागरिक फर्काउन ३० वर्ष यता कै ठुलो उद्दार अभियानमा जुट्यो भारत

पहिलो हप्तामा ६४ उडान मार्फत १४ हजार बढी फर्कने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 05:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काउन ३० वर्ष यता कै ठुलो उद्दार अभियानको तयारी थालेको छ । भारतले यस अभियानको पहिलो हप्तामा १३ देशबाट ६४ उडान मार्फत १४ हजार बढी भारतीय नागरिकलाई फिर्ता ल्याउने भएको हो  ।

भारतीय विदेश मन्त्रालयका अनुसार यो अभियान मे ७ तारिखमा सुरु हुने छ । आफ्ना नागरिक लिन भारत सरकारले जहाजहरु फिलिपिन्स, सिंगापुर, बंगलादेश, युएई, युके, साउदी अरेबिया, कतार, अमेरिका, ओमान,, बहाराइन र कुवेत पठाउन लागेको हो ।  त्यस्तै ३ वटा पानीजहाज पनि माल्दिभ्स र युईए गयेर भारतीयहरुको उद्दार गर्ने छन्  । विभिन्न देशमा भारतीय कन्सुलर र दुतावासहरुले भारत फर्किन चाहनेहरुको सुची अनलाइन मार्फत तयार पार्न थालिसकेका छन्  । 

उद्दार गरेर ल्याईएका हरु १४ दिन क्वारेनटाईनमा बस्नु पर्ने छ भने आएको खर्च र क्वारेनटाईनको खर्च व्यक्ति स्वयंले बेहोर्नु पर्ने छ  । उद्दारको क्रममा गर्भवती महिला, बृद्धवृद्धा, अलपत्र परेका पर्यटक, तत्काल स्वास्थ्य उपचार आवश्यक व्यक्ति लगायतकालाई प्राथमिकता दिईने छ  । 

 उद्दारको पहिलो दिन १० उडान मार्फत २३ सय भारतीय स्वदेश फर्कने छन् भने दोस्रो दिन विभिन्न ९ देशबाट २ हजर ५० जना स्वदेश फर्कने छन्  । तेस्रो दिनमा मध्य पुर्व, युरोप, दक्षिण पुर्व एसिया, अमेरिका गरी १३ वटा देशबाट २ हजार ५० जना ल्याउने तयारी छ । चौथो दिनमा अमेरिका , युके र युएईमा रहेका १८ सय ५० जनालाई स्वदेश फर्काईने छ  । 

भारत फर्कनेले विमान चढ्नु अगाडी आफु स्वस्थ गरेको प्रमाणपत्र पेश गर्नु पर्ने छ भने ज्वरो, खोकी, डाईबेटिज, स्वास प्रस्वास लगायतका केहि स्वास्थ्य समस्या भए उल्लेख गर्नु पर्ने छ  । त्यस्तै सबैको स्वास्थ्य परिक्षण गरिने छ भने कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएका व्यक्ति मात्र भारत फर्कन पाउने छन् । 

भारतीय विदेश मन्त्रालयले गर्न लागेको यो उद्दार अभियान ३० वर्ष यता कै ठुलो हो । भारतले सन् १९९० मा पर्सियन गल्फमा युद्द हुँदा १ लाख ७० हजार नागरिकलाई उद्दार गरेर स्वदेश फर्काएको थियो  । अहिले हुन् लागेको उद्दार अभियान त्यो पछि कै सबै भन्दा ठुलो भएको भारतीय संचारमाध्याम हरुले जनाएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved