भारतको महाराष्ट्र राज्यमा मात्र ७८६ प्रहरीलाई कोरोना संक्रमण, ७ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 01:54:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको महाराष्ट्र राज्यमा ७८६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । महाराष्ट्र प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार ७८६ जनामा संक्रमण देखिएको र ति मध्ये ७ जनाको मृत्यु भएको छ ।

संक्रमित हुनेमा ८८ जना अधिकृत तहका प्रहरी हुन् । संक्रमित मध्ये १३ अधिकृत सहित ६३ जना निको भएको र अझै ७०३ जनाको उपचार भईरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

भारतभर हालसम्म ६२ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ । ति मध्ये २० हजार महाराष्ट्रमा मात्र छन् । मृतकको संख्या २ हजार नाघेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved