अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले विश्वका ७ मुलुकका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लागाय लगत्तै कुवेतले समेत ५ राष्ट्रका नागरिकहरुको भिषा निलम्बित गरेको छ।
गत शुक्रबार डोनाल्ड ट्रंपले सातवटा मुश्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि कुवेतले समेत सिरिया, इराक, पाकिस्तान, अफगानिस्तान र इरानका नागरिकहरुलाई भिषाका लागि आबेदन नदिन अपिल गरेको छ।
यी राष्ट्रहरुबाट सम्भावित अतिबादी इस्लामीक आतंकारीको प्रवेश हुन सक्ने कारण देखाउदै कुवेतले यस्तो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन।
ट्रम्पले कार्यकारी आदेश जारी गर्दै इरान, इराक, सिरिया, यमन, सुडान, सोमालिया र लिबियाका शरणार्थीहरुलाई कम्तिमा १२० दिनका लागि अमेरिका प्रवेशमा रोक लगाएका थिए। त्यस्तै अन्य ती देश 'आतंकारी' रहेको चिन्ता भएका मुलुकका नागरिकलाई कम्तिमा ९० दिन अमेरिका प्रवेशमा रोक लगाइएको थियो।
कुवेत विश्वकै पहिलो राष्ट हो जसले सिरियाका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउदै आएको छ। उसले यस अघि सन २०११ मा समेत सिरियाका नागरिकको भिषा निलम्बन गरेको थियो।
सन २०१५ मा शिया समुदायको मस्जिदमा एक आतंककारी समूहको आक्रमणमा २७ कुवेतीको मृत्यु भएको थियो। सन २०१६ को अध्ययन अनुसार कुवेत प्रवासीहरुका लागि कठोर निर्णय गर्ने मुलुक मध्य एक पर्दछ। गल्फ को अप्रेशनका सदस्य राष्ट्रहरुमा कुवेत चिन्ताको बिषय समेत बन्दै आएको छ।