कोरोनाको भारतीय भेरिएन्ट आफ्नो देशमा भेटिएपछि अब के गर्दैछ चीन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 12:44:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा पाँच दिनको श्रमिक विदा भन्दा पहिले नै चीनी स्वास्थ्य अधिकारिहरुले बाहिरबाट आउने केहि मानिसहरुबाट कोरोना भाइरसको नयाँ भेरिएन्ट सर्न सक्नेबारे चेतावनी दिएका छन्।  कोरोना भाइरसको डबल म्युटेन्ट सहितको नयाँ भेरिएन्ट भारतको महाराष्ट्रमा भेटिएको थियो। 

चीन सरकारले आपतकालीन  सार्वजनिक स्वास्थ्य जस्तो स्थितिसँग लड्नको लागि एक नयाँ रोग नियन्त्रण समुह बनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। 

त्यहाँका स्वास्थ्य अधिकारिहरुले भारतीय भेरिएन्टलाई लिएर कडा रुपमा चेतावनी दिएका छन्। भारतमा नयाँ भेरिएन्ट भेटीएपछि चीन लगायत दक्षिण एशियाका देशहरुमा समेत हाइ अलर्ट जारी गरिएको छ। नेपालमा समेत काठमाडौं उपत्यकामा कडा लकडाउनको घोषणा गरिएको छ भने देशका अन्य स्थानीय तहहरुलाई समेत आवश्यकताअनुसारको निर्णय लिनलाई संघीय सरकारले बाटो खुला गरेको छ। 

यो पनि: वैज्ञानिक भन्छन् 'भेरिएन्टबारे पहिल्यै चेतावनी दिईएको थियो तर मोदी सरकारले बेवास्ता गर्यो'

भारतबाट आएका केहि व्यक्तिहरुलाई १४ दिन क्वारेन्टाइनमा राखीएपनि पछि उनीहरुमा कोरोना भाइरस देखिएको चीनका स्वास्थ्य अधिकारीहरुको भनाई छ। यद्दपी कोरोनाको नयाँ भेरिएन्टका कारण भारतमा दोस्रो लहर यति खतरनाक भएको हो वा अन्य केहि कारणले यस्तो भएको हो भन्नेबारे बैज्ञानिकहरु अहिलेपनि छलफलमै छन्। 

२९ अप्रिलमा चीनको न्युज वेबसाइट अब्जर ले आयोजना गरेको एक कार्यक्रममा चीनका सेन्टरल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेसन सिडीसी को चीफ एपीडेमियोलाजिस्ट यू जुनयू ले संक्रमणको नयाँ भेरिएन्टको पुष्टि गरेका थिए। तर चीनमा नयाँ भेरिएन्टको कोरोना भाइरस लागेका कति छन् भन्नेबारे उनले केहि खुलाएनन्। 

तर उनले भारतमा कोरोनाको दोस्रो लहरबाट सिर्जना भएको अवस्था र जोखिमले बिश्वका अन्य मुलुकहरुलाई पनि फेरी एक पटक गम्भीर भएर सोच्न बाध्य बनाएको बताएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved