राजापाक्षेको सरकारी निवासमा भेटियो लाखौँ रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2022 | 02:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने सरकार विरोधी प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । 

प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ ।

यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका छन् ।

सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । निवासमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राजापाक्षे सुरक्षित स्थानमा भागेका थिए । उनी कहाँ छन् भन्नेबारेमा केही खुलाइएको छैन् । केही विवरणमा उनी सेनाको मुख्यालयमा रहेको बताइएको छ ।  

राष्ट्रपतिले १३ जुनमा राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रदर्शन चर्किएपछि मे महिनामा राष्ट्रपति गोटाबाया राजापाक्षेका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved