विश्व बैंक हाँक्न अमेरिकाले रोज्यो भारतीय मूलका अजय, रुसले टक्कर दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 08:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले राजीनामा दिने बताईसकेका छन्। उनेल आफ्नो ५ वर्षे कार्यकाल सकिनु अगावै राजीनामा दिन लागेका हुन् । 

उनी ५ अप्रिल २०१९ मा विश्वबैंकको अध्यक्ष चुनिएका थिए । यस हिसाबमा उनी २०२४ को अप्रिलसम्म पदमा रहन सक्ने थिए। तर उनी आगामी जुन ३० सम्म मात्र पदमा रहने छन् ।

यस सँगै विश्वबैंकले आगामी अध्यक्षको लागि मनोनयन खुलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको अध्यक्षको लागि भारतीय मूलका अजय बंगालाई मनोनित गरेका छन्  । हालसम्म अन्य मनोनयन परेको छैन। तर रुसले आफ्नो तर्फबाट पनि मनोनयन गराउने घोषणा गरेको छ ।

समाचार संस्था अल जजिराका अनुसार रुसले आफ्ना पक्षका देशहरुसँग विश्वबैंकको अध्यक्षको लागि उम्मेदवार उठाउनेबारे छलफल गरिरहेको छ । अल जजिराका अनुसार विश्व बैंकमा रुस र सिरियालाई प्रतिनिधित्व गर्ने कार्यकारी निर्देशक रोमन मार्शभीनले अध्यक्षको लागि सम्भावित उम्मेदवारको खोजि भईरहेको बताएका हुन् । रुसी राष्ट्रपतिले यस बारे अन्तिम निर्णय गर्ने बताईएको छ । 

रुसको सरकारी मुखपात्र टासन्युजले पनि रुसका अर्थशास्त्री, अन्य देशका अर्थशास्त्री, केन्द्रीय बैंकका पूर्व गभर्नर, पूर्व अर्थमन्त्री, अन्तराष्ट्रिय वित्तीय संस्थाका पूर्व प्रमुखहरु मध्येबाट विश्वबैंक हाँक्ने सम्भावित उम्मेदवारको खोजि भईरहेको उल्लेख गरेको छ ।

विश्व बैंकले मनोनयन दर्ताको लागि मार्च २९ तारिखसम्मको समय तोकेको छ । योग्यता पुगेको छ भने विश्व बैंकका जुन सुकै सदस्य राष्ट्रका नागरिकले मनोनयन दर्ता गराउन सक्ने छन् । विश्व बैंकले यस पटक अध्यक्ष पदको लागि महिलालाई मनोनित गर्न प्रोत्साहन गरेको छ ।

रुसले उम्मेदवार उठाउने घोषणा गराउंदासम्म विश्व बैंकको अध्यक्षता हस्तान्तरण सहज हुने ठानिएको थियो । रुसले आफ्नो उम्मेदवार उठाएपनि अमेरिकाले उठाएको उम्मेदवारले नै जित्ने निश्चित जस्तै रहेको सीएनएनले उल्लेख गरेको छ । तर रुसको घोषणाले अमेरिका, पश्चिमा देश र चीनबीच सम्बन्ध चिसिने सीएनएनले उल्लेख गरेको छ ।

विश्वबैंकको सबै भन्दा ठूलो शेयरधनी अमेरिका हो । दोस्रो विश्वयुद्द सकिएपछि गठन भएको विश्व बैंकका हालसम्मका सबै अध्यक्ष अमेरिकी नागरिक थिए । हाल मनोनित भएका अजय भारतीय मूलका भए पनि अहिले अमेरिकी नागरिक भईसकेका छन् । विश्व बैंकमा अमेरिकाको सबै भन्दा धेरै १६.५१ प्रतिशत मतदान अधिकार छ भने जापानको ७.९६ प्रतिशत, चीनको ५.६७ प्रतिशत तथा जर्मनीको ४.४९ प्रतिशत मताधिकार छ । उम्मेदवार उठाउने भनेको रुस विश्व बैंकको १२ औ ठूलो शेयरधनी हो । रुसको मतदान अधिकार १.८० प्रतिशत मात्रै छ । तर रुसको नजिकको मित्र राष्ट्रको रुपमा चीन रहेको र चीन तेस्रो ठूलो शेयरधनी रहेकोले अमेरिका, पश्चिमा देश र रुसबीच सम्बन्ध चिसिने आँकलन अन्तराष्ट्रिय संचारमाध्याहरुले गरेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वबैंकले रुसमा आफ्नो सबै गतिविधि बन्द गरेको छ । तर रुस सँग मतदान अधिकार भने अझै कायम नै छ ।

को हुन् अजय ?

अमेरिकी राष्ट्रपति बाइडेनले विश्वबैंकको अध्यक्षको लागि मनोनित गरेका अजय  बंगा भारत मै जन्मिएका हुन् । उनी मास्टर कार्ड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् । ६३ वर्षमा उनले हाल अमेरिकी नागरिकता लिइसकेका छन् । भारत मै जन्मिएकोले उनले अति कम विकसित देशबारे बुझेको, ति देशमा लामो समय काम गरेको अनुभव रहेको, विभिन्न अन्तराष्ट्रिय निकायमा काम गरिसकेकोले उनलाई मनोनित गरेको अमेरिकाले जनाएको छ । उनलेलाई विश्व बैंकको अध्यक्ष बनाउँदा गरिब तथा कम विकसित देशलाई सम्बृद्ध बनाउने अभियानमा सहयोग पुग्ने अमेरिकाको बुझाई छ । 

तर विश्व बैंकको चौथो ठूलो शेयरधनी जर्मनीले भने विश्व बैंकको ७७ वर्षे इतिहासमा कुनै पनि महिला अध्यक्ष् नभएकोले यस पटक महिना अध्यक्ष हुनु पर्ने बताएको छ । मे महिनाको पहिलो सातामा विश्व बैंकले नयाँ अध्यक्ष् पाउने गरि विश्व बैंकले अध्यक्ष चयन प्रक्रिया तय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved