अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक: क्रिप्टोमा लगानी प्रमुख कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2023 | 12:02:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको 'सिलिकन भ्याली बैंक' सँधैको लागि बन्द भएको छ। ४० बर्षको इतिहासलाई समाप्त गर्दै अमेरिकाको १६औं ठुलो बैक शुक्रबार बन्द भएको हो। निक्षेपकर्ताहरुको पैसा फिर्ता गर्ने ४८ घण्टाको पूर्ण प्रयास असफल भएपछि बैंक बन्द भएको घोषणा गर्दै सिलिकन भ्याली बैंकलाई क्यालिफोर्नियाको नियामकले नियन्त्रणमा लिएको हो। 

युएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप नियन्त्रणमा लिएर बैंक सँधैको लागि बन्द गराएको हो। यससँगै सिलिकन भ्याली बैंक  सन् २००८ को वित्तीय संकटपछि बन्द हुने दोस्रो सँस्था बन्न पुगेको छ। यस अगाडी वाशिंगटन म्युचुअल बन्द भएको थियो। 

बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकिरहेको थिएन। पैसा फिर्ता गर्नलाई दीईएको ४८ घण्टाको समयमा पनि सिलिकन भ्याली बैंक असफल भएपछि नियामकले आफ्नो नियन्त्रणमा लिएको हो। 

बैंक बन्द भएपनि बैंकमा २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप भने सुरक्षित रहेको र त्यति बराबरको पैसा फिर्ता हुने भएको छ। अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) ले त्यहाँको कुनै पनि बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ। सोहि कारण  सिलिकन भ्याली बैंकमा दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप सम्बन्धित व्यक्ति वा संस्थालाई नै फिर्ता हुनेछ। 

सन् १९८३ मा स्थापित सिलिकन भ्याली बैंकले अमेरिकाका आइटी तथा क्रिप्टोको कारोबार गर्ने कम्पनीलाई दिएको ऋण फिर्ता नभएपछि बैंक यो अवस्थामा पुगेको हो। क्रिप्टो कम्पनीहरुमा समस्या आएपछि त्यसको असर बैंकमा परेको हो। 

बैंकले लगानी गरेका केहि क्रिप्टो कम्पनीहरु डुबिसकेको र अधिकांश कम्पनी डुब्ने अवस्थामा रहेपछि ऋण उठ्न नसकेको र सोहि कारण बैंक बन्द भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।  बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप रहेको सिएनएनले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved