चीनको मध्यस्थतामा इरान र साउदीबीच ऐतिहासिक सम्झौता, मध्यपूर्वमा शान्तिको अपेक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 03:40:58 PM मा प्रकाशित

laxmi  sunrise bank

इरान र साउदी अरबबीच सम्बन्ध पुनस्थापना गर्नेबारे ऐतिहासिक सम्झौता भएको छ। सम्झौता पुनस्थापना गर्नेबारे सहमती भएको दुई महिनाभित्र दुवै देशले एक अर्काको देशमा राजदुतावास खोलेर सम्झौता कार्यन्वयनको संदेश दिने भएका हुन्। 

चिनको मध्यस्ततामा बेइजिङ्गमा भएको यस सम्झौताले इरान र साउदी अरबबीच पछिल्लो सात बर्षदेखि कायम तिक्ततालाई मेटाउने प्रयास गरेको छ। सम्झौतामा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि शाम्खानी र साउदी राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल-एबानले हस्ताक्षर गरेका छन्। इरान र साउदीले यो हस्ताक्षर चीनका सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ  वाङ यीको उपस्थितिमा गरेका हुन्। 

दुई महिनाभित्र एक अर्काको देशमा राजदुतावास खोलेर राजदुत पठाउने सहमतिलाई दुवै देशले सम्झौता कार्यन्वयनको सुरुवातको रुपमा लिएका छन्। चीनमा साउदी अरब र इरानका अधिकारीहरुबीच चार दिन चलेको छलफल पश्चात दुवै देशले कुतिनितिक सम्बन्ध सुधार्ने अप्रत्याशित घोषणा गरेका हुन्। 

साउदी अरबमा एक शिया गूरुलाई फाँसी दिईएको घटनाले साउदी दुतावासमा इरानका प्रदशनकारी घुसेर तोडफोड गरेका थिए। त्यसयता दुवै देशबीच बोलचाल समेत थिएन। यो सम्झौताले मध्यपुर्वका दुई प्रतिद्वन्दी देश इरान र साउदी अरब बीच असल  कुटनीतिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। 

Image

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved