युबिएसले मुल्य बढाएर किन्न तयार भएपछि अस्ताउने भयो १६७ बर्ष पुरानो क्रेडिट स्विस बैक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 12:08:44 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन बैंक अफ स्विजरल्याण्ड, 'युबिएस' ले अन्तत २ अर्ब अमेरिकी डलरमा क्रेडिट स्विस बैक प्राप्ति गर्ने भएको छ। यस अगाडी प्रस्ताव गरिएको एक अर्ब अमेरिकी डलर अस्विकार गरेपछि युबीएसले अर्को एक अर्ब अमेरिकी डलर थपेर क्रेडिट स्विस किन्न तयार भएको हो। 

दुई अर्ब अमेरिकी डलरको प्रस्ताव स्वीकार गरेसँगै १६७ बर्ष पुरानो क्रेडिट स्विस बैंक सँधैको लागि विलय हुने भएको छ। स्विजरल्याण्डको विकासको लागि सबैतिर ट्रान्सपोर्टेसन हुनुपर्ने र त्यसको पहिलो विकल्प 'रेल'  र यसको लागि पुंजी चाहिने भएपछि सन् १८५६ मा क्रेडिट स्विस बैंकको जन्म भएको थियो। 

युबिएसले १ बिलियन डलरमा क्रेडिट स्विस बैंकलाई प्राप्ति गर्नको लागि प्रस्ताव अस्विकार भएपछि स्विस सरकारले कानुन परिवर्तन गरेर भएपनि क्रेडिट स्विस बैंकलाई पूर्ण या आंशिक राष्ट्रियकरण गर्ने चेतावनी दिएपछि थप गरिएको मुल्यमा क्रेडिट स्विस प्राप्तिमा जान तयार भएको हो। 

यस अगाडी युबिएसले स्विस बैंकलाई प्रति शेयर ०.२५ स्विस फ्रान्क डलरमा प्राप्ति गर्ने प्रस्ताव गरेको थियो ।  तर क्रेडिट स्विस बैंकले शेयरधनीलाई हित नहुने भन्दै उल्ट प्रस्ताव अस्विकार गरेको हो। स्विस बैंकमा नेशनल बैंक अफ साउदी अरेबियाको १० प्रतिशत लगानी रहेको छ। नेशनल बैंक अफ साउदी अरेबियाले नै युबिएसको प्रस्ताव अस्विकार गरेर ब्लुमबर्गले उल्लेख गरेको छ। युबिएसले प्रस्ताव गरेको प्रति शेयर ०.२५ स्विस फ्रान्क डलर हालको क्रेडिट स्विस बैंकको शेयर मूल्यको एक चौथाई मूल्य मात्र हो।

ब्लुमबर्गका अनुसार स्विजरल्याण्डको सरकारले क्रेडिट स्विस बैंकलाई दुई वटा विकल्प दिने तयारी गरेको थियो।  पहिलो विकल्पको रुपमा युबिएसले गरेको प्राप्तिको प्रस्ताव क्रेडिट स्विसले स्वीकार गर्नुपर्ने। दोस्रो विकल्प, क्रेडिट स्विस बैंकलाई पूर्ण या आंशिक राष्ट्रियकरण गर्ने। तर युबीएसले थप १ अर्ब अमेरिकी डलर गरेर २ अर्ब अमेरिकी डलर दिन तयार भएसँगै क्रेडिट स्विस बैंकलाई प्रति शेयर ०.५० स्विस फ्रान्क डलर प्राप्ति हुने भएको हो। यससँगै क्रेडिट स्विस बैंकलाई पूर्ण या आंशिक राष्ट्रियकरण गर्ने विकल्प तत्कालको लागि रोकिएको छ। 

युनियन बैंक अफ स्विजरल्याण्ड २४ बर्ष अगाडी युनियन बैक अफ स्विजरल्याण्ड र स्विस बैंक कर्पोरेशन मिलेर बनेको बैंक हो। यद्दपी युनियन बैक अफ स्विजरल्याण्ड र स्विस बैंक कर्पोरेशन पनि धेरै बैंकहरु मिलेर बनेका बैंक हुन्। यसको ओरिजिनल रुट भने १७४७ मा स्थापना भएको बैंक राग्गाजीसँग जोडिन्छ। 

यस अघि अमेरिकामा दुई वटा बैंक डुबेका थिए । ति बैंक त्यहाँका स्थानीय बैंक थिए। १६७ बर्ष अगाडी स्थापना भएको क्रेडिट स्विस बैंक भने मल्टीनेशनल बैंक हो । विश्वका महत्वपूर्ण ३० बैंकको सूचीमा यो बैंक पनि पर्ने अल जजिराले उल्लेख गरेको छ। बैंकको ५० देशमा १५० कार्यालय रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved