भारतीय मूलका अजय विश्व बैंकको अध्यक्ष बन्ने पक्का, रुसले दिएन उम्मेदवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 01:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय मूलका अजय बंगा सर्वसम्मत विश्व बैंकको अध्यक्ष बन्ने भएका छन् । अध्यक्षको मनोनयन दर्ताको लागि तोकिएको समयमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत विश्व बैंकको अध्यक्ष बन्ने पक्का भएको हो ।

यस अघि रुसले अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने बताएपनि अन्त्यमा रुसले उम्मेदवार भने उठाएन । रुसले आफ्ना पक्षका देशहरुसँग विश्वबैंकको अध्यक्षको लागि उम्मेदवार उठाउनेबारे छलफल समेत गरेको थियो । अल जजिराका अनुसार विश्व बैंकमा रुस र सिरियालाई प्रतिनिधित्व गर्ने कार्यकारी निर्देशक रोमन मार्शभीनले अध्यक्षको लागि सम्भावित उम्मेदवारको खोजि भईरहेको बताएका थिए। रुसको सरकारी मुखपात्र टासन्युजले पनि रुसका अर्थशास्त्री, अन्य देशका अर्थशास्त्री, केन्द्रीय बैंकका पूर्व गभर्नर, पूर्व अर्थमन्त्री, अन्तराष्ट्रिय वित्तीय संस्थाका पूर्व प्रमुखहरु मध्येबाट विश्वबैंक हाँक्ने सम्भावित उम्मेदवारको खोजि भईरहेको उल्लेख गरेको थियो । तर अन्यमा रुसले उम्मेदवार भने दिएन  । 

 विश्व बैंकले मनोनयन दर्ताको लागि मार्च २९ तारिखसम्मको समय तोकेको थियो । योग्यता पुगेको छ भने विश्व बैंकका जुन सुकै सदस्य राष्ट्रका नागरिकले मनोनयन दर्ता गराउन सक्ने व्यवस्था थियो । विश्व बैंकले यस पटक अध्यक्ष पदको लागि महिलालाई मनोनित गर्न प्रोत्साहन गरेको थियो । विश्व बैंकले आगामी बिहिबार अध्यक्ष नियुक्तिबारेको थप प्रक्रिया सार्वजनिक गर्ने छ । 

विश्व बैंकका हालक अध्यक्ष डेभिड माल्पासले राजीनामा दिने बताईसकेका छन्। उनले आफ्नो ५ वर्षे कार्यकाल सकिनु अगावै राजीनामा दिन लागेका हुन् । उनी ५ अप्रिल २०१९ मा विश्वबैंकको अध्यक्ष चुनिएका थिए । यस हिसाबमा उनी २०२४ को अप्रिलसम्म पदमा रहन सक्ने थिए। तर उनी आगामी जुन ३० सम्म मात्र पदमा रहने छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको अध्यक्षको लागि भारतीय मूलका अजय बंगालाई मनोनित गरेका थिए। अब उनी नै विश्व बैंकको अध्यक्ष बन्ने छन् ।

विश्वबैंकको सबै भन्दा ठूलो शेयरधनी अमेरिका हो । दोस्रो विश्वयुद्द सकिएपछि गठन भएको विश्व बैंकका हालसम्मका सबै अध्यक्ष अमेरिकी नागरिक थिए । हाल मनोनित भएका अजय भारतीय मूलका भए पनि अहिले अमेरिकी नागरिक भईसकेका छन् । विश्व बैंकमा अमेरिकाको सबै भन्दा धेरै १६.५१ प्रतिशत मतदान अधिकार छ भने जापानको ७.९६ प्रतिशत, चीनको ५.६७ प्रतिशत तथा जर्मनीको ४.४९ प्रतिशत मताधिकार छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वबैंकले रुसमा आफ्नो सबै गतिविधि बन्द गरेको छ । तर रुस सँग मतदान अधिकार भने अझै कायम नै छ ।

को हुन् अजय ?

अमेरिकी राष्ट्रपति बाइडेनले विश्वबैंकको अध्यक्षको लागि मनोनित गरेका अजय  बंगा भारत मै जन्मिएका हुन् । उनी मास्टर कार्ड कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् । ६३ वर्षमा उनले हाल अमेरिकी नागरिकता लिइसकेका छन् । भारत मै जन्मिएकोले उनले अति कम विकसित देशबारे बुझेको, ति देशमा लामो समय काम गरेको अनुभव रहेको, विभिन्न अन्तराष्ट्रिय निकायमा काम गरिसकेकोले उनलाई मनोनित गरेको अमेरिकाले जनाएको छ । उनलेलाई विश्व बैंकको अध्यक्ष बनाउँदा गरिब तथा कम विकसित देशलाई सम्बृद्ध बनाउने अभियानमा सहयोग पुग्ने अमेरिकाको बुझाई छ । 

तर विश्व बैंकको चौथो ठूलो शेयरधनी जर्मनीले भने विश्व बैंकको ७७ वर्षे इतिहासमा कुनै पनि महिला अध्यक्ष् नभएकोले यस पटक महिना अध्यक्ष हुनु पर्ने बताएको छ । मे महिनाको पहिलो सातामा विश्व बैंकले नयाँ अध्यक्ष् पाउने गरि विश्व बैंकले अध्यक्ष चयन प्रक्रिया तय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved