उत्पादन कटौतीको निर्णयसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 01:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । तेल उत्पादन गर्ने देशहरुको संगठन अर्गेनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कंट्रिज (ओपेक) ले तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको हो । 

भारतको इकोनोमिक्स टाइम्सका  अनुसार सोमबारको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य ५.६७ प्रतिशत बढेर प्रति ब्यारेल ८४.८२ डलर पुगेर छ। उत्पादन कटौतीसँगै अमुल्य अब फेरि विस्तारै बढ्ने जाने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

ओपेकमा आवद्द देशहरुले आगामी महिनादेखि सन् २०२३ को अन्त्यसम्म नै उत्पादन कटौती गर्ने निर्णय गरेका हुन् । समाचार संस्था रोयटर्सका अनुसार ओपेक देशहरुले प्रति दिन ११ लाख ५० हजार ब्यारेल उत्पादन कटौती गर्ने छन् ।  ओपेक देशहरुले गत अक्टोबरमा पनि उत्पादन कटौती गर्ने निर्णय गरेका थिए । अहिले थप उत्पादन कटौती गर्ने निर्णय गरेको रोयटर्सले उल्लेख गरेको छ । 

उत्पादन कटौतीको निर्णयमा अमेरिका भने सन्तुष्ट छैन। उत्पादन कटौती गर्दा मूल्य वृद्धि हुने भएकोले  विश्वको आर्थिक वृद्धिको लागि यो गलत कदम हुने अमेरिकाले बताउदै आएको छ । त्यस्तै उत्पादन कटौती गर्दा मूल्य बढ्ने र रुसको आम्दानी बढ्न गई रुससँग युक्रेनमा युद्दको लागि थप पैसा हुने अमेरिकी बुझाई छ 

रोयटर्सका अनुसार साउदी अरेबियाले प्रति दिन ५ लाख ब्यारेल, इराकले प्रति दिन २ लाख ११ हजार ब्यारेल, युएईले प्रति दिन १ लाख ४४ हजार ब्यारेल, कुवेतले प्रति दिन १ लाख २८ हजार ब्यारेल, ओमानले प्रति दिन ४० हजार ब्यारेल, अल्जेरियाले प्रति दिन ४८ हजार ब्यारेल तथा काजकस्थानले प्रति दिन ७८ हजार ब्यारेल उत्पादन कटौती गर्ने छ । त्यस्तै रुसले प्रति दिन ५ लाख ब्यारेल उत्पादन कटौती गर्ने जनाएको छ। १ ब्यारेल भनेको करिब १५८ लिटर हुन आउंछ 

मूल्यमा स्थायित्व ल्याउनको लागि उत्पादन कटौती गर्न लागिएको ओपेकले जनाएको छ । गत महिना कच्चा तेलको मूल्य १५ अहिना यता कै सस्तो भएको थियो । 

ओपेकले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालिसकेको छ । जसको कारण पेट्रोलियम पदार्थको मूल्य बढ्न गई नेपालमा पनि मूल्य बढ्ने सम्भावना उच्च छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved