साउदी अरब, मिश्र, बहराइन र संयुत अरब इमिरेट्सले कतारसंगको राजनीतिक सम्बन्ध तोडेका छन। यी ४ राष्ट्रले कतारले मध्य पुर्वमा अस्थिरता फैलाएको आरोप लगाउदै कतारसंगको राजनीतिक सम्बन्ध तोडेका हुन।
कतारले मुस्लिम ब्रदरहुड समेत कयौं चरमपन्थी संगठनहरुलाई सहयोग गरेको यी ४ राष्ट्रको आरोप छ। साउदी अरबको सरकारद्वारा संचालित समाचार एजेन्सी एसपीएका अनुसार रियादले कतारको साथ आफ्नो जमिनी, हवाई र समुन्द्रीसिमा बन्द गरेको छ।
साउदी अरबका अधिकारिले चरमपन्थी र कट्टरपन्थीको खतराबाट आफुलाई बचाउन सिमा बन्द गरेको प्रतिक्रिया दिएका छन। मिश्रको विदेश मन्त्रालयले पनि कतारको जहांज र युद्द बिमानका लागि हवाई क्षेत्र र बन्दरगाह बन्द गरिएको बताएको छ।
संयुक्त अरब इमिरेट्सको अमिरातको समाचार एजेन्सी डबल्यूएएमका अनुसार संयुक्त अरब इमिरेट्सले कतारले चरमपन्थी, कट्टरपन्थी र साम्प्रदायिक संगठनलाई कतारले सहयोग तथा लगानी गरेको आरोप लगाएको छ। त्यस्तै बहराइनको सरकारद्वारा संचालित समाचार एजेन्सी अनुसार कतारले बहराइनको आन्तरिक मामिला माथि हस्तक्षेप गर्दै आएकाले बहराइनले कतारसंगको सम्बन्ध तोडेको हो।