पहिलो पटक ईन्स्योरेन्स समिट गर्दै आइआइएन, हवाई बीमाबारे बृहत छलफल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 04:36:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्स्योरेन्स ईन्स्टीच्यूट अफ नेपाल (आइआइएन)ले पहिलो पटक ईन्स्योरेन्स समिट आयोजना गर्ने भएको छ । आइआइएनले हवाई बीमा सम्बन्धमा पहिलो पटक समिट आयोजना गर्न लागेको हो। 

आइआइएनका अनुसार समिट वैशाख १४ गते होटल सोल्टीमा हुनेछ । यो समिटले बीमा र हवाई अपरेटरहरुलाई एउटै प्लेटफर्ममा ल्याउने आइआइएनका सचिव गणेश शर्माले बताए । उनका अनुसार उक्त प्लेटफर्मले नेपालको हवाई बीमा क्षेत्रमा छुटेका विषयको उजागर हुन मद्दत मिल्नेछ । 

समिटको मूल नारा  'एभिएशन रिक्स मिटिगेटिङ्गः अ शेयर रेस्पोन्सशिविलिटी अमङ स्टेकहोल्डर’ रहेको छ । समिटमा हवाई क्षेत्रको जोखिम न्यूनिकरण गर्न सबै सरोकारवाला पक्षको भुमिका के हुन सक्छ भन्ने विषयमा छलफल हुने शर्माले बताए । हवाई अपरेटर, बीमा कम्पनीका प्रतिनिधि, पुनर्बीमकका प्रतिनिधि, हवाई र बीमा क्षेत्रका नियामकहरु लगायत सरोकारवालाबीच छलफल हुने उनले बताए। उनका अनुसर समिटमा राष्ट्र बैंक लगायतका अन्य सरोकारवालाहरुको पनि  सहभागिता हुने छ । 

त्यस्तै समिटमा विदेशबाट पुनर्बीमक, पुनर्बीमक ब्रोकरहरु लगायत सरकारवालाहरुको पनि सहभागिता हुने शर्माले बताए । पुनर्बीमक ब्रोकरहरुले कस्तो प्रोडक राम्रो हुन्छ , कहाँ बीमा गर्ने  कुन कुन जोखिम वहन हुने प्रोडक्ट चाहिन्छ भनेर सुझाव दिने उनले बताए । 

कार्यक्रमको सुरुमा नेपाल नागरिक उड्ययन प्राधिकरणबाट हवाई क्षेत्रमा कानुनी आवश्यकता के छ भन्ने विषयमा प्रस्तुतीकरण हुनेछ। प्राधिकरणको तर्फबाट उपमहानिर्देशक हंशराज पाण्डेले सो प्रस्तुतीकरण दिने छन्। 

यसैगरी, हवाई बीमाको चुनौतीको विषयमा वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले प्रस्तुतीकरण दिनेछन् भने नेपालमा हवाई बीमा बजारको अतित, वर्तमान र भविष्यबारेमा नेपाल ईन्स्योरेन्स एशोसिएशनको तर्फबाट दिप प्रकाश पाण्डेले प्रस्तुतीकरण दिने कार्यतालिका रहेको छ । 

त्यस्तै, हवाई बीमाको अभ्यासका बारेमा यूआईबी एभिएशनका म्यानेजिङ डाईरेक्टर मिलेस टफ, हवाई बीमाको दाबी व्यवस्थापनका विषयमा हवाई बीमाका सर्भेयर अजित कुमार कोकरीले प्रस्तुतीकरण दिनेछन् । प्रस्तुतीकरणपछि  प्यानल डिस्कसन हुने तालिका रहेको शर्माले बताए ।

कार्यक्रमको आयोजकको रुपमा आइआइएन रहने र प्रायोजकको रुपमा नेपाल बीमा प्राधिकरण, २ वटा पुनर्बीमक र १४ वटा निर्जीवन बीमकहरु रहने छन् । कार्यक्रममको प्रमुख अतिथिमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल रहने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved