तत्कालिन सीइओको कारण तनाबमा कुमारी बैंक, मर्जर बन्यो पिडा दिने घाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2024 | 10:43:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चार कमर्शियल बैंक र दुई विकास बैकलाई कारबाही गरेको छ। यसरी कारबाही पर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्शियल बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक तथा लुम्बिनी विकास बैंक  र एक्सेल डेभलपमेन्ट बैंक रहेको राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ। 

राष्ट्र बैंकको निर्देशन पालना नगरेकोले यी बैंक तथा विकास बैंकलाई सजायस्वरुप बिभिन्न किसिमको कारबाही गरिएको राष्ट्र बैकको भनाई छ। राष्ट्र बैंकको निर्देशन विपरित काम गरेको कारण कारबाही पर्नेमा कुमारी बैंक पनि रहेको छ। सीइओलाई नियमविपरित सेवासुविधा दिईएको कारणले कारबाही गरिएको राष्ट्र बैंकको भनाई छ। 

तर अहिले कुमारी बैंकले कारबाही भोग्नुपरेपनि यो अवस्था सिर्जना हुनुमा तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकका तत्कालिन संचालक समिति र सीइओ मुख्य जिम्मेवार रहेको घटनाक्रमले देखाउंछ। 

कुमारी बैंकमा मर्जर हुनु भन्दा पहिलानै तत्कालिन एनसीसीको संचालक समितिले सीइओ रमेश राज अर्याललाई बाँकी कार्यकालको पनि तलब पाउने निर्णय गरेको थियो। जसअनुसार अर्यालले बाँकी १३ महिना १६ दिनको कार्यकालको २ करोड ३ लाख भुक्तानी पाउने अवस्था बनेको थियो। तर कुमारी बैंकसंग मर्ज भएर आएपछि  एनसीसीको यो 'बदमासी' बाहिरिएको थियो। 

उक्त निर्णय राष्ट्र बैंकको निर्देशन विपरित भएको भन्दै राष्ट्र बैंकले संचालक समितिलाई उक्त रकम असुलउपर गर्नलाई दिएको निर्देशनअनुसार उक्त रकम असुल उपर गरिएको छ।  तत्कालिन सीईओसंग जोडिएको यस घटनाले अहिलेकै कुमारी बैंकले गरेको झैं चर्चा भएपछि कुमारी बैंकका वर्तमान उच्च व्यवस्थापन तथा संचालक समितिले तनाब महसुस गरेको छ। 

तत्कालिन सीईओलाई बाँकी कार्यकालको लागि पनि २ करोड माथि तलब दिने निर्णयले मात्रै नभई तत्कालिन एनसिसिले दुर्गा प्रसाईलाई  एक अर्ब कर्जा दिंदा गरिएको सम्झौताबाट पनि कुमारी बैकले तनाब महसुस गरेको पाइएको छ। 

त्यो बेला कर्जा दिंदा 'मेडिकल लाइसेन्सको अनुमति पाएर कलेज संचालनमा आएपछि मात्रै सावाँ ब्याज तिर्नुपर्ने' भन्ने आशयको बुँदा सम्झौतामा उल्लेख गरिएकाले कर्जाको सावाँ ब्याज असुली हुन् नसकेको स्रोतले जनाएको छ। यहि बुँदालाई देखाएर प्रसाईले कुमारी बैक बिरुद्द अदालतमा मुद्दा समेत जितेका छन्। 

कुनै बेला खराब कर्जाको भारि बोक्नुपर्ने कारणले बिग मर्जर बाट पछाडी हटेको कुमारी बैक एपेक्स हुँदै एनसीसी बनेर कुमारीमा आएपछि एनसीसीसंगको मर्जर कुमारी बैंकको लागि धेरै 'पिडा दिने घाउ' बनेको बैंक उच्च स्रोतले जनाएको छ। "खराब कर्जा बढ्ने मात्रै नभई खराब कर्जाको लागि प्रोभिजन गर्नुपर्दा कुमारी बैंक नाफा नै नहुने अवस्थामा पुगेको छ, मर्जर पिडा दिने घाउ बन्यो" उच्च स्रोतले भन्यो। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved