राजधानीको कलंकीमा ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 06:10:29 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक लिमिटेडले राजधानीको कलंकीमा शाखा विस्तार गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिब राज श्रेष्ठले यस शाखाको उद्घाटन गरेका हुन।

उद्घाटन अवसरमा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु बारे जानकारी गराए। 

नयाँ शाखा संचालनमा आएसंगै ओमको शाखा संख्या ३१ पुगेको छ। हाल ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्जर प्रक्रियामा रहेका छन। मर्जरपश्चात बैंकको शाखा संख्या ४२ पुग्ने जनाइएको छ। 

मर्जर पश्चात बैंकले ३० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved