एनआईसी एसियामा खाता खोल्दा एक सय उपहार !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 08:34:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले 'समृद्द नेपाल सुखी नेपाली' बचत खाता संचालनमा ल्याएको छ। नेपाल सरकार तथा राष्ट्र बैंकले अख्तियार गरेको नीतिको पालना गरि यस्तो खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ। 

“समृद्ध सँग जोडौ नाता:सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै यो खाता संचालनमा ल्याइएको बैंकद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।  

बैशाख १ देखि लागू हुने गरि संचालनमा ल्याइएको यो खाता खोल्ने प्राकृतिक व्यक्तिलाई बैंकले एक सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने बैंकले जनाएको छ। 

बैंकले हाल २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved